नियम ११९
निर्देशन दिन सकिने
सदनमा विचाराधीन रहेको कुनै विधेयकलाई सम्बन्धित समितिमा पठाउँदा वा सम्बन्धित समितिमा विचाराधीन रहेको अवस्थामा विधेयकको परिधि वा मूल उद्देश्यलाई विस्तृत गर्न वा कुनै विशेष प्रावधानलाई समावेश गर्न वा नगर्न सदनले
सम्बन्धित समितिलाई निर्देशन दिन सक्नेछ ।
तर त्यस्तो निर्देशन विधेयकको मूल भावना विपरीत हुनु हुँदैन ।